बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। अघिल्लो पटक इन्द्रेणी कार्यक्रमको टोली जापान आएका बेला संगै थिए समिर लामा तामाङ्ग। त्यतिबेलै ओसाकामा कम्पनी संचालन गरेर बसेका अमर लामा संग चिनजान भएको हो।
त्यसपछि उनीहरुको कुराकानी बाक्लै हुन थाल्यो। यसबीच समिरले जापान लगायत अन्य देशहरुमा ‘अवार्ड’ कार्यक्रमको आयोजना गरिरहेका थिए। नेपालका चर्चित कलाकारहरुलाई विभिन्न देशमा लगेर ‘अवार्ड’ प्रदान गर्ने उनको पर्दा बाहिरको कार्यक्रम थियो।
यसबीच उनले जापानको टोकियोमा पनि यस्तै अवार्ड कार्यक्रमको आयोजना गरे, जहाँ भुवन केसी, शिव श्रेष्ठ जस्ता कलाकारहरु पनि सहभागी भएका थिए। त्यतिबेला समिरले यसरीनै मोटो रकम लिएर असम्बन्धित व्यक्तिहरुलाइ जापान प्रवेश गराए/नगराएको खुलिसकेको छैन।
त्यसपछि समिरले आफुले अमेरिकामा अवार्ड गर्न लागेको र तपाईलाई पनि भ्रमणदलको सदस्यका रुपमा सहभागी गराउन चाहेको भन्दै ओसाकामा रहेका अमर लामालाई प्रस्ताव राखे। नेपालका चर्चित कलाकारहरु संग अमेरिकाको कार्यक्रममा सहभागी हुन पाइने भएपछी अमर लामाले समिरले भनेका सबै कागजपत्र पठाइदिए।
‘मलाइ समिरले अमेरिकामा हुने कार्यक्रममा सहभागी हुनका लागि कागजपत्र पठाउन भनेपछि सबै कागजपत्र पठाएको हुँ’ अमरले क्योदाईसंग भने ‘उसलाई मैले व्यक्तिगत बिश्वासका आधारमा ति कागजपत्र उपलब्ध गराएको थिएँ।’
ति कागजपत्रहरुमा कम्पनीको दर्ता प्रमाण पत्र (तोकिबो तोहोन), अडिट रिपोर्ट (केस्सानस्यो), बैंक स्टेटमेन्ट लगायत थिए। त्यसपछि अमेरिकाको प्रक्रिया अघि बढेको होला भनेर उनि चुपचाप बसिरहेका थिए।
यतिकैमा जुलाई १८ तारिख जापानको चिवा स्थित नारिता अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन बाट फोन आयो र सोधियो ‘तपाइले तपाइको बैंक स्टेटमेन्ट कसैलाई प्रयोग गर्न दिनुभएको थियो ?’
अध्यागमनको प्रश्न पछि उनी झसङ्ग भए र तुरुन्त समिर लामा तामाङ्गलाइ फोन गरेर सोधे। आफुले उपलब्ध गराएका कुनै कागजपत्र कहिकतै प्रयोग नगरेको दावी समिरले गरेका थिए। जतिबेला समिर जापानको अध्यागमन विभागमै थिए।
त्यसपछि अमरले अध्यागमन संग कुरा गरेर तुरुन्त ओसाका बाट नारिता हानिए। त्यसपछि समिर सहित उनीसंग आएका २ यूवतीहरुलाई लिएर ओसाका फर्किए।
‘ति युवतीहरुले भिजिट भिषा निकाल्दिए बापत प्रतिव्यक्ति १७ लाख तिरेको बताएका छन्’ लामाले भने ‘अरु कतिले के कति बुझाएका छन् यसबारे मैले बुझेको छैन।’ अमरका अनुसार उनको कम्पनीका कागजपत्रको दुरुपयोग गरेर २४ जनाको भिषा निकालिएको छ। जस मध्ये २३ जना जापान प्रवेश गरेको उनको आशंका छ।
जापान आउनुपूर्व ति युवतीहरुले काठमान्डूको एउटा ट्राभल्स एजेन्सीमा गएर १७ लाख बुझाएको बताएपछि उनीहरुका आफन्तले उजुरी हालेपछि ट्राभल्स कम्पनीका व्यक्तिहरु पक्राउ परिसकेको अमरले जानकारी दिए।
‘ति दुइ युवतीहरुलाई घर जान भनेर आज पठाइदिएको छु’ अमरले भने ‘उनीहरु कहाँ जाने हुन् के गर्ने हुन् त्यो बारे मलाइ जानकारी छैन।’ समिर भने अहिले पनि अमर संगै छन्।
एनआरएनएको लेटरप्याड कसरी भयो दुरुपयोग ?
समिरले मोटो रकम लिएर भिजिट भिषामा मानिसहरुलाई जापान प्रवेश गराउन ओसाकाको साकुरादोउ गोउदोउ कम्पनीका कागजपत्र मुख्य रुपमा दुरुपयोग गरेको उनले दिएको ‘बयान’ बाट पुष्टि भएको छ।
तर, जापान प्रवेशको उद्देश्य पुष्टि गर्न सेमिनार कार्यक्रम तय गरी त्यसको आयोजकमा एनआरएनलाइ राख्दा सजिलै भिषा स्वीकृत हुने आसयले एनआरएनएको लेटरप्याड दुरुपयोग गरिएको बुझ्न सकिन्छ।
‘उक्त लेडर प्याडमा भएको हस्ताक्षर, पासपोर्ट नम्बर, मोबाइल नम्बर केही पनि मेरो होइन’ एनआरएनए जापानका उपाध्यक्ष सुभास लामिछानेले भने ‘यो केका लागि तयार गरिएको हो, कहाँ कहाँ प्रयोग गरिएको हो भन्ने कुरा स्वम समिर संग कुरा गरेपछि मात्रै थाह हुन्छ।’
कागजपत्र किर्ते गर्ने समिरलाइ संगै राखेर घटना बारे सबैलाई जानकारी गराउने तयारी गैरआवासीय नेपाली संघ जापानले गरिरहेको संघका पदाधीकारीहरुले बताएका छन्।
आफुले विभिन्न कम्पनी र संघ सस्थाका कागजपत्र दुरुपयोग गरेको समिरले स्वीकारी सकेका छन्।