३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । श्रीलङ्कामा मनसुनी आँधीबेहरीसहित आएको बाढी, पहिरोका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

प्रकोप व्यवास्थपन केन्द्र (डीएमसी)का अनुसार आइतबार राजधानी कोलम्बो नजिकै एकै परिवारका तीन सदस्यसहित केहीको डुबेर मृत्यु भएको हो ।

डीएमसीले ११ वर्षीया बालिका र २० वर्षीय पुरुषसहित अन्य पहिरोमा पुरिएको बताएको छ । मे २१ मा मनसुन तीव्र भएदेखि सात जिल्लामा रुख ढलेर अन्य नौ जनाको ज्यान गएको डिएमसीले जनाएको छ ।

श्रीलङ्का सिँचाइ र जलविद्युत्का लागि मौसमी मनसुन वर्षामा निर्भर छ । विज्ञहरूले जलवायु परिवर्तनका कारण विश्व तातो भएकाले मुलुकले बारम्बार बाढीको सामना गर्नुपरेको चेतावनी दिएका छन् ।

डीएमसीले देशका २५ मध्ये २० जिल्ला भारी वर्षाले प्रभावित भएको र मुख्य नदी किनारमा बस्ने मानिसहरूलाई उच्च जमिनमा जान चेतावनी दिइएको बताएको छ ।

कोलम्बोको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उडानहरूलाई सानो विमानस्लमा मोडिएको छ र केही प्रमुख राजमार्गहरू धेरै निकासहरूमा बाढी आएको छ ।

थप वर्षाको सम्भावना रहेकाले सरकारले साताको बिदापछि सोमबार पनि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।