३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । लिथुआनियामा आइतबार राष्ट्रपतिको निर्वाचन शुरू भएको छ ।

निर्वाचनमा वर्तमान राष्ट्रपति गितानास नौसेदाले वर्तमान प्रधानमन्त्री इन्ग्रिडा सिमोनाइटसँग प्रतिस्पर्धा गरेका छन् ।

लिथुआनियाको केन्द्रीय निर्वाचन आयोग (भीआरके)का अनुसार २३ लाख ८५ हजार दुई सय ३५ मतदाता सूचीमा रहेका छन् । एक हजार आठ सय ९५ मतदान केन्द्रहरूमा स्थानीय समयअनुसार निर्वाचन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म चल्नेछ ।

स्वतन्त्र उम्मेदवारका रूपमा पुनःनिर्वाचनमा भाग लिने राष्ट्रपति नौसेदाले मे १२ मा पहिलो चरणमा ४३ दशमलव ९५ प्रतिशत मत प्राप्त र सिमोनिटेले २० दशमलव पाँच प्रतिशत मत प्राप्त गरेका थिए ।

शीर्ष दुई उम्मेद्वार निर्वाचनको दोस्रो चरणमा प्रवेश गरेका छन् । उनीहरूमध्ये कुनै पनि उम्मेद्वारले पहिलो चरणमा आवश्यक साधारण बहुमत प्राप्त गर्न सकेका थिएनन् ।

नौसेदा र सिमोनाइटले अघिल्लो राष्ट्रपतीय चुनाव सन् २०१९ मा सामना गरिसकेका छन् ।