बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास)का वरिष्ठ प्रतिनिधि ओसामा हमदानले इजरायली सञ्चारमाध्यमले गाजा युद्धविरामका लागि पुनः वार्ताको सम्भावित सुझावलाई अस्वीकार गरेका अल जजिराले जनाएको छ ।
अल जजीरा अरेबीसँगको हालैको टेलिफोन अन्तर्वार्तामा हमदानले गाजाबाट इजरायली सुरक्षाकर्मीको फिर्ता र बन्धकहरूको रिहाइ वार्ताका प्राथमिकता हुनुपर्ने बताए ।
हमासले युद्धविराम प्रस्तावलाई पहिले नै स्वीकार गरिसकेको र इजरायलले भने प्रस्ताव अस्वीकार गरेको दाबी गर्दै उनले भने, ‘हामीलाई वार्ताको नयाँ प्रस्ताव आवश्यकता छैन तर बन्धक फिर्ता र युद्धविरामलगायत इजरायली सेना गाजाबाट फर्किने शर्त वार्ताका प्राथमिकता हुनुपर्छ ।’
यस महिनाको सुरुमा हमासले इजरायलले प्रस्ताव अपर्याप्त ठानेको भएपनि सात महिनाको गाजा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कतार र इजिप्टको मध्यस्थतामा युद्धविराम प्रस्तावलाई स्वीकार गरेको थियो ।
इजरायली सञ्चारमाध्यममा आएका रिपोर्टहरूले पेरिसमा मध्यस्थकर्ताहरूसँगको छलफलपछि गाजा बन्दी मुक्तिसम्बन्धी सम्झौताको लागि नयाँ वार्ताको सुझाव दिएको अल जजिराले जनाएको छ ।
इजरायली गुप्तचर प्रमुख डेभिड बार्नियाले सीआईएका निर्देशक बिल बन्र्स र कतारी प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग नयाँ वार्ताका लागि सहमति जनाएका थिए ।