३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । मध्य नाइजेरियाको प्लेटो राज्यको एउटा गाउँमा सोमबार बन्दुकधारीहरूको समूहले गरेको आक्रमणमा ४० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

प्लेटो राज्यका सूचना आयुक्त मुसा इब्राहिम असोम्सले राज्यको राजधानीमा पत्रकारहरूलाई भने, ‘मोटरसाइकलमा सवार दर्जनौं बन्दुकधारीले सोमबार राति स्थानीय सरकार क्षेत्रको जुराक गाउँमा विनाशकारी आक्रमण गर्दा करिब ४० जनाको ज्यान गएको छ ।’

बन्दुकधारीहरूले त्यहाँका बासिन्दाहरूमाथि अन्धाधुन्ध गोली चलाउँदा अरू धेरै घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दुकधारीहरूले आक्रमणका क्रममा घरहरूमा पनि आगो लगाएका थिए ।

सशस्त्र आक्रमणहरू नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूमा ठूलो सुरक्षा खतरा भएको छ, जसको परिणामस्वरूप मृत्यु र अपहरणहरू भएका छन् ।