बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो। जापानमा पछिल्लो समय गैरकानूनी रुपमा काम गर्ने बिदेशीहरुको संख्या बढ्दो क्रममा रहेको अध्यागमनले उल्लेख गरेको छ।
जापानको कानून मन्त्रालय अन्तर्गतको अध्यागमन बिभागले आज बिहान सूचना सार्वजनिक गर्दै यो वर्षको जनवरी महिना सम्ममा गैर कानूनी रुपमा काम गर्ने बिदेशीहरुको संख्या ७९ हजार ११३ पुगेको जनाएको हो।
अघिल्लो बर्ष सोही अबधीको तुलनामा ८ हजार ६२२ जना गैरकानूनी रुपमा काम गर्ने बिदेशीहरु संख्या बढेको अध्यागमन बिभागले जनाएको छ। यसको नियन्त्रणका लागि बिध्यमान नीतिहरुमा परिमार्जन गर्ने निर्णय भएको अध्यागमन बिभागले जनाएको छ।
राष्ट्रिय प्रहरी एजेन्सी, कानून मन्त्रालय अन्तर्गतको आपराधिक मामिला ब्यूरो, सामुदायिक सुरक्षा ब्यूरो, अध्यागमन बिभाग श्रम मन्त्रालय अन्तगरको श्रम मापदण्ड ब्यूरो र रोजगार सुरक्षा ब्यूरोबीच एक आपसमा सहकार्य गर्ने अध्यागमनको सुचनामा उल्लेख गरिएको छ।
परिमार्जित कानून अनुसार अबैध रुपमा काम गर्ने र गराउने दुवै पक्षलाइ कारवाही हुने उल्लेख गरिएको छ। शरणार्थी आबेदन दिएर अबैध रुपमा काम गर्ने, नक्कली निवास कार्डको प्रयोग जस्ता कार्यको नियन्त्रणका लागि कम्पनीको दर्ता खारेजी सम्म गर्ने गरी जापान सरकारले नया नीति सार्बजनिक गरेको छ।
गैर कानूनी रुपमा श्रम गर्ने र गराउनेहरु बिरुद्द कठोर रुपमा उत्रिन फरक फरक निकायहरुबीच सूचना आदानप्रदान गर्न लागिएको पनि अध्यागमनको उक्त सूचनामा उल्लेख गरिएको छ।
स्टाटस बेगरको काम गर्ने, तोकिएको समय भन्दा धेरै काम गर्ने गराउने, रेसिडेण्ट कार्डको बैधानिकता चेक नगरी काम गराउने, अध्यागमनले स्वीकृत गरेको बाहेकको काम गर्ने लगायतलाइ गैरकानूनी श्रमका रुपमा परिभाषित गरिएको अध्यागमन बिभागको वेब साइटमा जारी गरिएको विवरणमा उल्लेख गरिएको छ।