बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानका परराष्ट्रमन्त्री खामिखावा योकोले नेपाल भ्रमणा गर्ने भएकी छन् । जापानको विदेश मन्त्रालयले अप्रिल २६ तारिख एक सूचना जारी गर्दै खामिखावाले आगामी मे ५ तारिख नेपाल भ्रमण गर्न लागेको जानकारी दिएको हो।
अप्रिल २६ बाट विदेश भ्रमणामा निस्किएकी परराष्ट्रमन्त्री खामिखावा मे ४ तारिख श्रीलंकाको राजधानी कोलम्बो पुग्ने कार्यतालिका रहेको छ । श्रीलंकामा १ दिन बिताए पश्चात ५ तारिख नेपालको राजधानी काठमाडौँमा अवतरण गर्ने विदेश मन्त्रालयको सूचनामा उल्लेख छ ।
काठमाडौँमा रहँदा परराष्ट्रमन्त्री खामिखावाले आफ्ना समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवर्ता गर्ने कार्यक्रम तय भएको छ । भेटका क्रममा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको बिषय र दुइदेशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ ।
परराष्ट्रमन्त्रीसँगको भेटवार्ता लगत्तै खामिखावा सोही दिन नेपालको राजधानी काठमाडौँबाट टोकियो फर्कने विदेश मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ । जापानका तर्फबाट नेपालमा हालसम्म भएको उच्चस्तरीय भ्रमण सन् २००० मा जापानका तत्कालिन प्रधानमन्त्री योसिरो मोरीको रहेको छ ।
यसपछि सन् २०१९ मा जापानका तत्कालिन परराष्ट्रमन्त्री कोउनो तारोउको नेपाल भ्रमण पछिल्लो समय भएको मन्त्रीस्तरीय भ्रमण थियो। ।