१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। बागलुङ्ग समाज जापान र बिहुँकोट समाज जापानको संयुक्त आयोजनामा आज टोकियोमा ऐतिहाँसिक चैत्राष्टमी मेला हुँदैछ। जापानको राजधानी टोकियो स्थित नाकानो जेरो हलमा हुन लागेको सो मेला भब्य र ऐतिहाँसिक हुने आयोजकले दावी गरेका छन्।

गण्डकी प्रदेशको बागलुङ्ग जिल्लामा प्रत्येक बर्ष बिशेष कार्यक्रमको आयोजना गरी मनाइने चैत्राष्टमी मेला यो पटक जापानको टोकियोमा पनि मनाउन लागिएको हो। जापानमा बसोबास गरिरहेका पछिल्लो पुस्ताका नेपालीहरुलाइ आफ्नो देशको कला र सस्कृति बारे जानकारी दिने उद्देश्यले कार्यकमको आयोजना गरिएको बागलुङ्ग समाज जापानका अध्यक्ष याम कंडेलले जानकारी दिए।

‘जापानमै हुर्किएका बालबालिकाहरु हाम्रो संस्कार र संस्कृति बारे बेखबर हुन नपरोस भनेर कार्यक्रमको आयोजना गरिएको हो’ कंडेलले भने ‘त्यसका अलावा जापानी समाजमा हाम्रो संस्कृति बिस्तार गर्नु कार्यक्रमको अर्को उद्देश्य हो।’

कार्यक्रम स्थलमा प्रवेश गर्दा बित्तिकै नेपालकै झल्को आउने गरी कार्यक्रमको तयारी गरिएको आयोजनकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रमस्थलमा मादल, बाँसुरी, मुजुरा, डोका, खैंजडी लगायतका सामाग्री बिक्रि गरिने छ। त्यस्तै कार्यक्रमलाइ संगीतमय बनाउने उद्देश्यले चर्चित कलाकारहरुले पनि प्रस्तुती दिने आयोजकको भनाइ छ।

मेलामा भाग लिन टोकियो आइपुगेका कलाकारहरु। तस्बिर : क्योदाई न्यूज

कार्यकममा आफ्नो सांगीतिक प्रस्तुतिका लागि लोकप्रिय लोक तथा दोहोरी गायक बसन्त थापा सहित दोहोरी गायिका तारा थापा र युवापुस्तामा निकै चर्चित गायिका समिक्षा अधिकारी पनि जापान आइसकेका छन् । जापानमै रहेर सांगीतिक क्षेत्रमा क्रियासिल अर्का चर्चित लोक दोहोरी गायक सूर्य खड्का सहितको समुहले प्रत्यक्ष दोहोरी प्रस्तुत गर्ने पनि आयोजकले जनाएको छ। प्रवेशका लागि कुनै शुल्क नलाग्ने उक्त कार्यक्रम दिउँसो १ बजे बाट सुरु हुनेछ।