१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नेपाल एसीसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमबार भएको खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । 

ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेपछि समूह चरणको एक खेल अगावै समूह ‘ए’बाट सेमिफाइनलमा पुगेको हो ।

प्रतियोगितामा ६ अङ्क बटुल्दै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।  

जीतका लागि हङकङले दिएको एक सय १५ रनको लक्ष्य नेपालले १२ दशमलव  २ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसैगरी कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्काको मद्धतले ३२ रन जोडे । 

कप्तान रोहित पौडेलले २० बलमा तीन चौकाको मद्धतमा अविजित २५ रन जोडे भने सन्दीप जोराले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा अविजित १९ रन बनाए ।

हङकङका इसान खान र यासिम मुरर्ताजले समान १/१ विकेट लिए । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनको योगफल बनाएको थियो । हङकङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्का प्रहार गरे ।