बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । सन् २०५० सम्ममा हरेक ५ घरधुरीमध्ये एक घरमा वृद्धवृद्धा एक्लै बस्नुपर्ने जापानको एक नयाँ अध्ययनले देखाएको छ ।
अध्ययनका अनुसार सन् २०५० सम्ममा जापानमा एक करोड आठ लाख वृद्धवृद्धा एक्लै बस्नेछन् । यो कुल परिवार सङ्ख्याको २०.६ प्रतिशत हुने नेशनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसियल सेक्युरिटी रिसर्चले हरेक पाँच वर्षमा जारी गर्ने प्रक्षेपणमा उल्लेख गरेको छ ।
सन् २०२० मा ७३ लाख ७० हजार वृद्धवृद्धा अर्थात कुल घरधुरीको १३.२ प्रतिशत मानिस एक्लै बसिरहेका थिए ।
जापानी युवाहरूले विवाहमा ढिलाई गर्ने र यसका कारण बच्चा जन्माउन नसक्ने भएकाले उनीहरूले बच्चा नजन्माउने निर्णय गर्ने चलन बढेकाले यो प्रक्षेपण गरिएको हो ।
जापानले बढ्दो जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसङ्ख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ र यसको लागि भुक्तानी गर्ने श्रम शक्ति घट्दै जान्छ ।
‘अहिले धेरै वृद्धवृद्धा एक्ले बसिरहेको भए पनि भाइबहिनीे वा उनीहरूका सन्तानले रेखदेख गरिरहेका छन् तर, अबको ३० वर्षपछि, विवाहित, शोकसन्तप्त वा अलग्गिएका कुनै पनि सन्तान नभएका वृद्ध एकल परिवारका सदस्यहरूको अनुपात बढ्ने अपेक्षा गरिएको छ र त्यस्ता व्यक्तिका भाइबहिनीहरूको सङ्ख्या पनि घट्ने छ’, अध्ययन प्रतिवेदनमा भनिएको छ ।
जापानको कुल जनसङ्ख्या सन् २०२३ मा पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको सरकारी तथ्याङ्कले देखाएको छ ।