३ माघ २०८२, शनिबार 17 Jan 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको एक अध्ययनले देखाएको छ ।

सन् २०२३ मा ‘ई–कमर्स’बाट गरिने खरिद बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्धि भएको ‘ई–कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ ।

प्रशासनका अनुसार करिब ५० प्रतिशत ई–कमर्ससम्बन्धी ठगी फेसबुक र अन्य सामाजिक सञ्जालको माध्यमबाट हुने गरेको छ ।

सन् २०२२ मा अनलाइन छलीका घटनाहरूमा एक हजार १३८ रहेकोमा सन् २०२३ मा यो सङ्ख्या चार हजार ५५० मा पुगेको उल्लेख गरिएको छ ।

मूल्याङ्कन प्रयोगकर्ता प्रामाणिकता, लेनदेन सुरक्षा, हानि समाधानका स्रोत र अनलाइन किनमेलका लागि बनाइएका वेबसाइटहरू गरी चार तहमा आधार भएर गरिएको हो ।

मूल्याङ्कन प्रतिवेदनमा फेसबुकलाई सबैभन्दा कम अङ्क दिएको छ भने अमेजन, लाजादा, शोपीलगायतका अनलाइन किनमेलका लागि प्रसिद्ध वेवसाइटलाई पूर्ण अङ्क दिइएको छ ।