बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । नाइजेरियाको एक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २५० भन्दा बढी विद्यार्थीहरूलाई उद्धार गर्न सेना परिचालन गरिएको छ ।
कादुना राज्यमा भएको उक्त घटना एक हप्तामा भएको दोस्रो सामूहिक अपहरण हो । पछिल्ला केही वर्षहरूमा उक्त क्षेत्रमा सशस्त्र आपराधिक गिरोहले गाउँ, विद्यालय तथा राजमार्गहरूमा फिरौती भुक्तानीको खोजीमा पीडितहरूलाई लक्षित गर्ने गरेका छन् ।
कादुना राज्यका स्थानीय सरकारी अधिकारीहरूले बिहीबार अपहरणको पुष्टि गरेका छन् । यद्यपी उनीहरूले कति बालबालिकाहरू अपहरण भएका छन् भन्ने तथ्याङ्क भने दिएका छैनन् ।
आक्रमणका क्रममा कम्तीमा एक जनाको गोली हानी मृत्यु भएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।
जीएसएस कुरीगा विद्यालयका शिक्षक सानी अब्दुल्लाहीले बन्दुकधारीहरूले बिहीबार हवाई फाएर गरी विद्यालयका कर्मचारी र धेरै विद्यार्थीहरू लिएर गएको बताए ।
उनका अनुसार स्थानीय अधिकारीलाई १८७ जना विद्यार्थीहरू विद्यालयबाट र अन्य १०० जना प्राथमिक कक्षाहरूबाट अपहरण गरेका थिए । स्थानीय बासिन्दाले करिब २८० जना बालबालिका र शिक्षक अपहरणमा परेकोे बताएका छन् ।