१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पुर्‍याउँदै आएको योगदान उदाहरणीय रहेको बताएका छन् ।

दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाइबाट जापान सरकार तथा यहाँको समाजले नेपाली परिचय र पहिचान दिलाउन सफल भएको उनले बताए ।

राजदूत डा. सुवेदीले नेपाल–जापानबीचको सांस्कृतिक, धार्मिक र जनस्तरमा सम्बन्ध विस्तारमा यहाँको नेपाली समाजले उल्लेख्य भूमिका निर्वाह गरेको बताए ।

जापानमा हाल करिब एक लाख ६३ हजारको सङ्ख्यामा नेपाली रहेको अनुमान गरिएको छ । नेपालीहरू विभिन्न पेसा व्यवसाय, रोजगारी र अध्ययनका सिलसिलामा जापानमा बस्दै आएका छन् ।

उच्च शिक्षा अध्ययन र रेष्टुराँ व्यवसायमा संलग्न नेपालीको सङ्ख्या बढी छ । जापानमा हाल करिब ४० हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा छन् भने करिब आठ सयको सङ्ख्यामा नेपाली रेष्टुराँ सञ्चालनमा रहेको बताइएको छ ।

त्यहाँका रेष्टुराँ नेपाली पहिचान झल्कने रातोमाटो, निम्तो, चिनो, आँगन, हार्दिक, नेपाली खाजाघरजस्ता नामाकरण दिएर सञ्चालन गरिएको पाइन्छ ।

नेपाली दालभात तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःमजस्ता परिकार र व्यञ्जनले नेपाली खानालाई जापानमा समेत परिचय गराएको राजदूत डा. सुवेदी बताउँछन् ।