१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३७ रनमा सीमित भयो ।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । साथै कप्तान रोहित पौडेल र सोमपाल कामीले १/१ विकेट लिए । नेदरल्याण्ड्सका २ ब्याटर रनआउट भए ।

नेदरल्याण्ड्सको पारीको सुरूवात राम्रो भएन । चार रनमा पहिलो विकेट गुमाएको उसले १८ रनमा दोस्रो विकेट गुमायो । साथै ५६ रन छँदा नेदरल्याण्ड्सले तेस्रो, ६७ रनमा चौथो ९७ रनमा पाँचौं, ९९ रनमा छैटौं, एक सय एक रनमा सातौं र एक सय २२ रनमा आठौं विकेट गुमायो ।

त्यसैगरी एक सय २७ रनमा नवौं र एक सय ३७ रनमा अन्तिम विकेट गुमायो । उसका लागि कप्तान स्टक एड्वार्डसले सर्वाधिक ३३ रन बनाए भने साइब्राण्ड एंगलब्रेक्टले २३ र बास डे लिडेले २७ रनको योगदान दिए ।

एक सय ३८ रनको लक्ष्य नेपालले १५ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २८ रन बनाए भने आशिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले । आशिफले ५४ रन र साहले ५७ रनको योगदान दिए ।

नेदरल्याण्ड्सका भिभिआन किङ्माले एक विकेट लिए ।

जारी प्रतियोगिताको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको नेपाल आजको खेलमा नेदरल्याण्ड्समाथि जीत निकाल्दै २ अङ्क जोडेको छ ।