२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ । अन्य ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११२ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । साथै उक्त आक्रमणबाट अन्य १ सय ५७ जना घाइते भएका छन्।

प्यालेस्टिनी चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताएअनुसार गाजाको दक्षिणी शहर रफाहमा इजरायली हवाइ आक्रमणमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ।

यसैबीच, मन्त्रालयले इजरायली सेनाले आक्रमण गरेपछि गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसको नासेर अस्पतालमा अक्सिजन आपूर्ति रोकिएको र बिजुलीसमेत अवरुद्ध हुँदा ४ जना प्यालेस्टिनी बिरामीको मृत्यु भएको जनाएको छ ।

यसैबीच दुई जना महिलाले बिजुली, पानी, खाना लगायत अत्यावश्यक मानवीय आपूर्ति अभावको विषम अवस्थामा बच्चा जन्माएका छन् ।