१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको प्रमुख ढुवानी कम्पनी यामातोले यसैबर्षको अप्रिल महिनादेखि हवाई सेवामार्फत ढुवानी सेवा प्रदान गर्ने भएको छ।

जापान एयर लाइन्ससँगको सहकार्यमा हवाईमार्फत ढुवानी गर्ने घोषणा गरेको यामातोले खरिद गरेको विमान नारिता विमानस्थलमा अवतरण गरेको हो। यामातोले क्युस्यु, होकाइदो, ओकिनावा लगायतका क्षेत्रमा सामान ढुवानी गर्ने उद्देश्यले कार्गो विमान खरिद गरेको यामातोले जनाएको छ।

हालै नारिता विमानस्थमा अवतरण गरेको उक्त कार्गो बिमानमा २८ टन सम्म सामान अट्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार टोकियोका हानेदा, नारिता र होक्काइदोको न्यू चितोसे संगै किटा क्युस्यु क्षेत्रमा दैनिक २१ उडान गर्ने योजना रहेको छ ।

ट्रक चालकहरुको अभाव भएको र कम्पनीमा आबद्द ट्रक चालकहरुले धेरै ओभर टाइम गर्न पर्ने भएकाले पनि कार्गो परियोजना अघि सारिएको कम्पनीले उल्लेख गरेको छ। कार्गो बिमानको संचालन संगै सामान ढुवानीका लागि समय लाग्ने लामो दूरीका क्षेत्रमा छिटो सामान ढुवानी गर्न सकिने पनि जनाएको छ।