२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इजराइली आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा दुई पत्रकार मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एएफपी समाचार समितिका भिडियो स्ट्रिन्जर मुस्तफा थुरिया र अल जजिरा टेलिभिजन नेटवर्कका पत्रकार हम्जा वेल दहदौह कारमा यात्रा गरिरहेको बेला मारिएको मन्त्रालय र चिकित्सकहरूले बताएका छन् ।

हम्जाका बुबा वाएल अल–दहदौह गाजापट्टीमा अल जजिराका ब्युरो प्रमुख हुन् र हालैको एक आक्रमणमा उनी पनि घाइते भएका थिए ।

युद्धको सुरुवाती साताहरूमा एउटा छुट्टै इजराइली आक्रमणमा उनकी पत्नी र दुई छोराछोरी मारिएपछि उनी घाइते भएका थिए ।

यसैबीच अल जजीराले आइतबार गाजामा प्यालेस्टिनी पत्रकारहरूको हत्याको निन्दा गरेको छ । कतारमा आधारित टेलिभिजनका लागि काम गर्ने दुई पत्रकारको कार हमलामा मृत्यु भएको हो ।

अल जजीरा मिडिया नेटवर्कले इजरायली अधिकारकर्मीहरूले प्यालेस्टिनी पत्रकारहरूको कारलाई निशाना बनाएको भन्दै कडा निन्दा गरेको कम्पनीले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

साथै इजरायललाई ‘प्रेस स्वतन्त्रताको सिद्धान्तहरूको उल्लंघन’ गरेको आरोप लगाएको छ।