१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। मंगलबार जापानको राजधानी टोकियो स्थित हानेदा अन्तराष्ट्रीय विमानस्थलमा भएको दुर्घटना ‘पाइलटको मिस अण्डरस्ट्याण्डिङ्ग’ का कारण भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ।

यातायात मन्त्रालयका अधिकारीहरुले जापान कोस्ट गार्डको विमानका चालकले कन्ट्रोल रुमको निर्देशनलाइ गलत ढंगले बुझ्दा उक्त दुर्घटना भएको निष्कर्ष निकालेका हुन्।

जापानको सरकारी संचार सस्था एनएचकेले अनलाइनमा प्रकाशन गरेको समाचार अनुसार कोस्ट गार्डको विमानलाइ धावन मार्गमा निस्कने अनुमति कन्ट्रोल रुमले दिएको थिएन।

‘जापान एअरको बिमान अवतरण गर्दै गर्दा कोस्ट गार्डको विमानलाइ रनवे भन्दा अघि सम्म जान कन्ट्रोल रुमको निर्देशन थियो’ अधिकारीहरुलाई उद्दृत गर्दै एनएचकेले समाचारमा लेखेको छ ‘तर कोस्ट गार्डका पाइलटले टेक अफ अनुमति पाएको बुझेर धावनमार्गमा निस्किए।’

अवतरणका लागि अनुमति पाएको जापान एअरको बिमान अवतरणका लागि धावनमार्गमा प्रवेश गर्दा उडानको तयारीमा रहेको कोस्ट गार्डको बिमान पनि धावन मार्गमा निस्कदा उक्त दुर्घटना भएको सरकारी अधिकारीहरुले जनाएका छन्।

हानेदा विमानस्थल।

विमान दुर्घटनाको कारण पत्ता लगाउन राष्ट्रिय यातायात सुरक्षा बोर्डले छवटा दुर्घटना अनुसन्धानकर्तालाई घटनास्थलमा पठाएको छ । युरोपको एयरबस निर्माता कम्पनीले पनि छानबिनलाइ सघाउन प्राबिधिक टोली जापान पठाएको पनि समाचारमा जनाइएको छ।

कोस्ट गार्डको बिमान बाट ब्ल्याक बक्स संकलन गरी अनुसन्धान सुरु भैरहेको पनि अधिकारीहरुले जनाएका छन्।

समाचार भिडियोमा हेर्नुहोस।

होक्काइदो स्थित चितोसे विमानस्थलबाट हानेदा बिमानस्थलका लागि उढेको जापान एअर लाइन्सको बिमान हानेदा विमानस्थलमा अवतरण गर्ने क्रममा अर्को बिमान संग ठोकिएको थियो।

उक्त दुर्घटना पछि जापान कोस्ट गार्डको बिमानका चालक दलका सदस्यहरु ५ जनाको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका थिए।

आगलागी बाट जापान एअरको बिमान पूर्ण रुपमा ध्वस्त भएता पनि बिमानमा रहेका ३६७ यात्रु र १२ जना चालक दलका सदस्यलाइ सकुसल उद्दार गरिएको थियो। अन्तराष्ट्रिय संचार माध्यमहरुले भयानक दुर्घटनाका बाबजुत पनि त्यति धेरै यात्रुलाई सकुसल उद्दार गर्न सक्नु ‘चमत्कार’ भएको उल्लेख गरेका छन्।

अमेरिकाको वाल स्ट्रिट जर्नल, बेलायती सार्वजनिक प्रसारक संस्था बीबीसी, बेलायतको द गार्डियन लगायतका संचार संस्थाहरुले चालक दलका सदस्य सहित सबै यात्रुलाई सकुसल बाहिर निकाल्न सक्नु परिचारकहरूको ‘उत्कृष्ट’ कार्य भनेका छन्।

हिजो भएको दुर्घटना पछि हानेदा विमानस्थलको उडान अवतरण अहिले पनि प्रभावित भएको छ।