२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि मङ्गलबार छुरा प्रहार भएको छ ।

आफ्ना समर्थक भएको बहाना गर्दै भीडमा धकेल्ने एक व्यक्तिले उनको घाँटीमा छुरा प्रहार गरेका थिए । उनको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको उनको पार्टीले जनाएको छ ।

पत्रकारहरूले घेरिएको अवस्थामा एक व्यक्तिले लीको घाँटीको देब्रेपट्टि छुरा प्रहार गरेको बुसान प्रहरी अधिकारी सोन जे–हानले पत्रकार सम्मेलनमा बताएका बीबीसीले जनाएकाे छ ।

लीको डेमोक्रेटिक पार्टीका क्वोन चिल–सेउङले लीलाई सुरुमा बुसानको अस्पताल लगिएको र पछि राजधानी सोल लगिएको छ ।

‘गलाको आन्तरिक नसामा क्षति पुगेको पुष्टि भएको छ’, उनले भने, ‘शल्यक्रियापछि ली होशमा हुनुहुन्थ्यो, हाल आइसियुमा भर्ना हुनुभएको छ र सुधार भइरहेको छ ।’

आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ ।

प्रहरी अधिकारी सोनका अनुसार ६० वर्षीय आक्रमणकारीले १३ सेन्टिमिटर लामो ब्लेड भएको १८ सेन्टिमिटर छुरा प्रयोग गर्दथे र यसलाई उनले अनलाइनमा खरिद गरेका थिए ।