१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। जापानको राजधानी टोकियोमा रहेको हानेदा अन्तराष्ट्रीय बिमानस्थलमा ल्याण्ड गर्ने क्रममा रहेको बिमानमा आगो लागेको छ।

होक्काइदो स्थित चितोसे विमानस्थलबाट हानेदा बिमानस्थलका लागि उढेको जापान एअर लाइन्सको बिमानमा आगो लागेको हो। जापानी संचार माध्यमहरुका अनुसार हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको बिमानसंग ल्याण्ड गर्नेक्रममा रहेको उक्त बिमान ठोकिएको थियो।

धावनमार्गमा ल्याण्ड गर्नासाथ उक्त बिमानमा आगलागी भएको समाचार श्रोतहरुलाई उद्दृत गर्दै जापानी संचार माध्यमहरुले जनाएका छन्। बिमानमा सवार ४०० भन्दा बढी यात्रुहरु सुरक्षित रहेको समाचारहरुमा उल्लेख गरिएको छ।

जापान एअर लाइन्सको बिमान आगलागी बाट ध्वस्त भएता पनि कुनै मानविय क्षेती नभएको समाचारमा उल्लेख गरिएको छ। जापान कोस्ट गार्डको बिमानमा चालक दलका सदस्य सहित ६ जना सवार रहेको र पाइलट घाइते भएको टिबिएस टेलिभिजनले जनाएको छ।

सरकारी अधिकारीहरुका अनुसार बाँकि ५ जना संग सम्पर्क हुन सकेको छैन।