१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। जापानको इशिखावा प्रिफेक्चरमा हिजो गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। भूकम्पले सबै भन्दा बढी क्षेती पुर्रयाएको इशिखावा प्रिफेक्चरको वाजिमा शहरमा मात्रै १५ जनाको मृत्यु भएको जापानी संचार माध्यमहरुले जनाएका छन्।

इशिखावा प्रिफेक्चरका घरहरुमा अहिले पनि आगो लागिरहेको र उद्दार कार्य चलिरहेकाले क्षेतीको एकिन विवरण आइनसकेको पनि अधिकारीहरुले जनाएका छन् । उद्दार कार्य चलिरहेकाले क्षेतीको पूर्ण विवरण आउन नसकेको बताइएको छ।

add
add

भूकम्प पछि सुनामीको खतरा रहेकाले ४६ हजार नागरिक सुरक्षित स्थानमा सारिएको छ। यद्यपि सुनामीको खतरा भने तत्काललाइ हटेको जापानको मौसम बिज्ञान विभागले जनाएको छ।

इशिखावा प्रिफेक्चरमा आज बिहान पनि ५.६ म्याङ्गेच्युटको अर्को भूकम्प गएको थियो। भूकम्प र सुनामीका कारणले घाइते भएकाहरुको उपचार भैरहेको भएपनि घाइतेहरु संख्या अहिले सम्म एकिन गर्न सकिएको छैन।

त्यस्तै इशिखावा प्रिफेक्चरमा भत्किएका घरहरुमा केही व्यक्तिहरु पुरिएको हुनसक्ने समेत उद्दारकर्ताहरुले जनाएको जापानको सरकारी संचार सस्था एनएचकेले जनाएको छ।

भूकम्प पछि तीब्र गतिका रेल सेवाहरु बन्द भएपनि कतिपय रेल सेवाहरु आज दिउँसो देखि पुनः संचालन आउने अनुमान सेवाप्रदायक कम्पनीहरुले जनाएका छन्।