१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। जापानको अध्यागमन विभागले सार्बजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अक्टुवर महिनामा मात्रै ९ हजार ५५२ नेपाली जापान प्रवेश गरेका छन्।

टोकियो स्थित अध्यागमन विभागले गत सोमबार सार्बजनिक गरेको तथ्याङ्क अनुसार पुनः प्रबेसको अनुमति भएका सहित अक्टुवर महिनामा ९ हजार ५५२ नेपालीहरु जापान प्रबेस गरेका हुन्।

पुनः प्रवेशको अनुमति भएका १ हजार ९६२ जना नेपालीहरु जापान प्रवेश गरेको अध्यागनको पछिल्लो तथ्याङ्कले देखाएको छ। पुनः प्रबेस गरेका बाहेक ७ हजार ५९० जना नयाँ प्रवेशी हुन्।

केही समयका लागि जापान भ्रमण गर्न आउने नेपालीहरुको संख्या १ हजार ३२१ रहेको छ। अध्यागमनले आफ्नो वेब साइटमा सार्बजनिक गरेको तथ्याङ्क अनुसार अक्टुबर महिनामा सबै भन्दा धेरै बिद्यार्थीहरु जापान प्रबेश गरेका छन्।

उसका अनुसार सो महिनामा ४ हजार ९२७ जना बिद्यार्थीहरु अध्ययनका लागि जापान प्रबेस गरेका छन्। त्यसबाहेक जापानमा रहेका परिवारको डिपेण्डेण्ट भिषामा १ हजार ४५७ नेपाली जापान प्रवेश गरेका छन्।

समाचार भिडियोमा हेर्नुहोस्।

नारिता विमानस्थलबाट जापान प्रवेश गर्ने नेपालीको संख्या उच्च

जापान प्रवेश गर्ने अधिकांश नेपालीहरु चिबा प्रिफेक्चरमा रहेको नारिता अन्तराष्ट्रिय विमानस्थलबाटप्रवेश गर्ने गरेको पनि तथ्याङ्कले देखाएको छ।अध्यागनको तथ्याङ्क अनुसार गत अक्टुवर महिनामा जापान प्रवेश गरेका मध्ये ४ हजार ९५२ जना नेपालीहरु नारिता विमानस्थलबाट प्रवेश गरेका हुन्। ओसाका स्थित खान्साई अन्तराष्ट्रिय विमानस्थलबाट जापान प्रबेश गर्नेको संख्या १ हजार ७१७ रहेको छ।


त्यस्तै, आइची प्रिफेक्चरको च्युबो विमानस्थबाट १ हजार १०, टोकियोको हानेदा विमानस्थबाट ८२६, फुकुओका विमानस्थल बाट ७८६, होकाइदोउको सिन चितोसे बिमान स्थल १२८, ओकिनावा प्रिफेक्चरको नाहा विमानस्थल बाट १००, मियागी प्रिफेक्चरको सेन्दाई बिमान स्थलबाट १७ र हिरोसिमाको हिरोसिमा विमानस्थलबाट १६ नेपाली जापान प्रबेश गरेको अध्यागमनले जनाएको छ।