२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । इरानबाट हिन्द महासागरमा एक तेल ट्याङ्करमाथि ड्रोन हमला गरिएको संयुक्त राज्य अमेरिकाको सेनाले जनाएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार शनिबार भारतीय समुद्री किनारदेखि ३ सय ७० किलोमिटर टाढा जहाजमाथि हमला भएको बीबीसीले जनाएको छ ।

नेदरल्याण्ड्सको कम्पनीद्वारा संचालित सो जहाजमाा लाइबेरियाको झण्डा लगाइएको थियो । सो हमला जहाजमा आगलागी भए पनि मानवीय क्षतिको भने नभएको बताइएको छ ।

संयुक्त राज्य अमेरिकाको सेनाका अनुसार उक्त ड्रोन हमला इरानले गरेको हो ।

सो घटनापछि पेन्टागनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एमभी केम प्लुटो जहाज लाइबेरियाको झण्डामुनि थियो र यो जहाज जापानी कम्पनीको स्वामित्वमा भए पनि डच निकायले सञ्चालन गरेको थियो।’

हमलापछि भारतीय नौसेनाले सहयोगको लागि अनुरोध गरिएको र उसले एउटा विमान पठाइएर आगो नियन्त्रणमा लिनुका साथै जहाज र त्यसका चालक दललाई सुरक्षित राख्न सफल भएको थियो ।

हालैका दिनहरूमा लाल सागरमा इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीहरूले निरन्तर रकेट तथा ड्रोन आक्रमणहरू गरेका छन्।