१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टाेकियाे । अनेसास जापान च्याप्टरको १३ औं अधिवेशन तथा ६७ औं नियमित साहित्य शृङ्खला सम्पन्न भएको छ।

जापानको राजधानी टोकियोमा सम्पन्न अधिवेशनले (सन् २०२३–२०२५) का लागि अरुण पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

संस्थाका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा जापानका लागि नेपाली राजदूत महामहिम डा. दूर्गाबहादुर सुवेदी क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा आनन्द अधिकारीसहित उपाध्यक्षमा दीपा घिमिरे र शरद पोख्रेललाई निर्विरोध निर्वाचित गरेको छ ।

यस्तै, महासचिवमा अनिलकुमार निर्दोष निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मञ्जु गिरी वन र सहकोषाध्यक्षमा सरिता चौधरी निर्वाचित भएका छन् ।

अधिवेशनबाट सचिवमा केबी पारखी, मनोज मौसम केसी र संगिता कुँवर निर्वाचित बनेका छन् । 

यस्तै, सदस्यहरूमा नारायण पोख्रेल, सरोज घिमिरे, बिनिशा सापकोटा, सुरज हुक्पा चोङ्वाङ, भगवती क्षेत्री, सुविन न्यौपाने, यमलाल कँडेल, केशव ज्ञवाली, प्रेम पौडेल निर्वाचित बनेका छन् ।

नयाँ कार्यसमितिको पहिलो बैठकले दुई जना सदस्य मनोनयन गर्ने संस्थाका संरक्षक तथा निर्वाचन समितिका संयोजक दिनेशराज ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा उपस्थित दर्जन बढी सर्जकहरूले आ–आफ्ना रचना वाचन गरेका थिए । संस्थाका संरक्षक तथा निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले अनेसास जापानको विगत, वर्तमान र भविष्य विषयमा आफ्नो धारणा राखेका थिए ।

पूर्वअध्यक्ष आलोक चालिसे, पूर्वअध्यक्ष तथा बिओटी उपसभापति विष्णुप्रसाद घिमिरे, पूर्वअध्यक्ष तथा केन्द्रीय सचिव दीप पाठक, पूर्वअध्यक्ष गिरिजा गैह्रे लगायतले आ–आफ्ना रचना वाचनसहित पुरानो कार्यसमितिलाई सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकामा हार्दिक बधाई दिँदै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

संस्थाको १३ औं अधिवेशनको अवसर पारेर नेपाली पत्रकारिताका माध्यमबाट अनेसासलाई विभिन्न तरिकाले सहयोग पुर्‍याउने जापानमा क्रियाशील पत्रकारहरूलाई कदरपत्रले सम्मान गरिएको थियो।

करिब ६ घण्टासम्म चलेको कार्यक्रममा १०० भन्दा बढी साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण शरद पोख्रेलले गरेका थिए।