१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔं अभियान’ले काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गरेको छ ।

बैैंक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका मागसहित गरिएको प्रदर्शनमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो ।

प्रदर्शनकारी तोकिएको घेरा तोडेर निषेधित क्षेत्रतर्फ जान खोज्दा झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो ।

प्रहरीसहित २८ जना घाइते

प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् ।

झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन् भने छ जनाको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ ।

उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो ।