२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले दक्षिण सुडानमा १६ लाखभन्दा बढी बालबालिकामा कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ ।

विश्व खाद्य कार्यक्रमले सोमबार एक विज्ञप्ति जारी गर्दै सन् २०२४ मा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणबाट पीडित हुने अनुमान गरेको हो ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ राष्ट्रले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ ।

देशका केही भागमा बर्सेनि बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउनसमेत समस्या भोग्नुपरेको छ भने उनीहरू रोगको महामारीसँग पनि जुधिरहेका छन् ।

गत वर्ष बाढीले जमिनको ठूलो भाग डुबाएको रुबकोना काउन्टीमा करिब सबै मानिसलाई २०२१ देखि साना टापुहरूमा बस्न बाध्य बनाएको छ । अप्रिलदेखि खाद्य असुरक्षाको त्रास १२० प्रतिशतभन्दा बढीले बढेको छ ।

देशको उत्तरी भागमा पर्ने काउन्टीले सन् २०२४ को अप्रिलसम्ममा भोकमरीको भयावह अवस्थाको सामना गर्नुपर्ने विश्व खाद्य कार्यक्रमको अनुमान छ ।