१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको एक अस्पतालमा मङ्गलबार गोली चल्दा कम्तीमा दुई जना घाइते भएका छन् । एक संदिग्ध बन्दुकधारीले कम्तीमा एक जनालाई बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना लगत्तै घटनास्थल नजिकैको हुलाक कार्यालय घेराउ गरेको छ ।

टिभी फुटेजमा ८० वर्ष काटेका संदिग्ध व्यक्ति टोकियोबाहिर वाराबीमा घाँटीमा डोरीमा बाँधिएको बन्दुकजस्तो देखिने भवनभित्र रहेको देखिएको छ ।

उनको उद्देश्य स्पष्ट नभए पनि अस्पतालको उक्त घटनामा उनी पनि संलग्न रहेको प्रहरीको अनुमान छ । आक्रमणमा उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानपछि जानकारी प्राप्त भएको छ ।

शहरको प्रशासन अधिकारीहरूले आफ्नो वेबसाइटमा भनेका छन्,“स्थानीय समयअनुसार मंगलबार दिउँसो २ः१५ बजे एक व्यक्तिले एक महिलालाई बन्धक बनाएर वाराबी शहरको चुओ ५ चोमे क्षेत्रमा रहेको हुलाक कार्यालयमा लुकेर बसेका थिए । अपराधीसँग बन्दुक जस्तो देखिने वस्तु छ ।”

“घटनास्थल नजिकका नागरिकलाई प्रहरीको निर्देशन पालना गर्न र प्रहरीको निर्देशनअनुसार उक्त ठाउ छोड्न आग्रह गरिएको छ ।”

हुलाक कार्यालयमा एक जनालाई बन्दक बनाएर राखेको अभियोगमा जापान प्रहरीले ८६ वर्षीय संदिग्ध बन्दुकधारीलाई पक्राउ गरेको सीएनएनले जनाएको छ ।