२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को विश्व सम्मेलन एवं ११औं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

कात्तिक ३ गतेसम्म चल्ने सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् भने कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समापन गर्नेछन् ।

११औं महाधिवेशनलाई २०औं वर्षगाठ अवसरका रुपमासमेत मनाउन लागिएको एनआरएनएले जनाएको छ ।

एनआरएनएका अनुसार सम्मेलनमा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ ।

यस्तै, कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । एनआरएनएको अध्यक्षका लागि ४ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

डा. बद्री केसी (रसिया), महेशकुमार श्रेष्ठ (जापान), रविना थापा (अमेरिका) र रवीन्द्रकुमार शर्मा (कतार)ले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
महाधिवेशनले कुल ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी निर्वाचित गर्ने एनआरएनएले जनाएको छ ।