२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । रूसले जापानबाट आयात हुने माछामा प्रतिबन्ध लगाएको छ ।

अक्टोबर १६ देखि जापानबाट माछा र समुद्री खानाको आयातमा अस्थायी प्रतिबन्ध लगाइएको रूसको कृषि निगरानी संस्था रोसेल खोज्नाडजोरले सोमबार जानकारी गराएको छ ।

यो निर्णय स्वास्थ्यको ‘सावधानीको उपाय’ को रूपमा लिइएको छ । साथै मस्कोलाई जापानी माछा र समुद्री भोजन उत्पादनहरूको सुरक्षा पुष्टि गर्ने विस्तृत जानकारी प्रदान नगरेसम्म प्रतिबन्धहरू कायम रहने बताइएको जापान टाइम्सले जनाएकाे छ ।

फुकुशिमा आणविक दुर्घटना विश्वको अहिलेसम्मकै सबैभन्दा गम्भीर आणविक दुर्घटनामध्ये एक हो । सन् २०११ को मार्चमा आएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीको चपेटामा परेको फुकुशिमा आणविक ऊर्जा केन्द्रमा एक भाग क्षतिग्रस्त भएको थियो ।

जसका कारण ६० भन्दा बढी रेडियोधर्मी तत्वहरू भएको ठूलो मात्रामा दूषित पानी उत्पन्न भएपछि १.३ मिलियन टन भन्दा बढी आणविक–दूषित अपशिष्ट जल भण्डारण गरेको प्लान्टको अपरेटर टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को)ले जनाएको छ ।

प्लान्टले १.३ मिलियन टनभन्दा बढी आणविक–दूषित फोहोर पानी भण्डारण गरेको थियो । जसलाई प्रशोधनपछि समुद्रमा फाल्न थालिएको छ र यसको सम्पूर्ण पानी समुद्रमा पठाउन ३० वर्षभन्दा बढी लामो योजना जारी रहनेछ ।