२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । जिम्बाब्वेको एउटा सुनखानीमा ६ जनाको पुरिएर ज्यान गएको छ ।

निस्कने बाटो पुरिँदा १५ जनालाई उद्धार गर्न सकस भएको बताइएको छ ।

राजधानी हरारेबाट १०० किलोमिटर पश्चिममा रहेको चेगुतुमा रहेको बे हर्स सुन खानीको केही भाग भत्किँदा ३० जनाभन्दा बढी मजदुर फसेका थिए ।

तेह्र जना खानी कामदार भने बच्न सफल भएका बताइएको छ । खानीमा फसेकाहरूलाई उद्धारको प्रयास भइरहेको छ ।

खानीको भाग के कारणले भत्कियो भन्ने थाहा हुन सकेको छैन भने दुर्घटनाको विस्तृत विवरण पनि प्राप्त भएको छैन । जिम्बाब्वे खानी महासङघले घटनास्थलमा गएर कारण पत्ता लगाउने बताएका छन् ।

सुन, प्लेटिनम र हीराको विशाल भण्डार भएको जिम्बाब्वेमा सुरक्षा मापदण्डको पूर्ण पालना नहुँदा खानी दुर्घटनाहरू सामान्य हुन् । सन् २०१९ मा भीषण वर्षासँगै खानीमा बाढी पस्दा धेरै मजदुर डुबेका थिए ।