बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । जापान, चीन र दक्षिण कोरियाका शीर्ष नेताबीच शिखर वार्ता हुने भएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलोपटक त्रिपक्षीय वार्ता हुन लागेको हो ।
सोलमा चीन, जापान र दक्षिण कोरियाका वरिष्ठ कूटनीतिज्ञहरूबीच अप्रत्यासित रुपमा भएको बैठकपछि चीनले मङ्गलबार तीनवटै देशका नेताहरूबीच ‘यथाशीघ्र’ शिखर बैठक गर्न सहमति भएको बताएको हो ।
टोकियो, वासिङ्टन र सोलबीचको सुदृढ सुरक्षा सम्बन्धलाई दृष्टिगत गरी ती देशसँग बिग्रिएको सम्बन्ध सुधार गर्ने प्रयासका रुपमा चीनले बैठकका निम्ति सहमति जनाएको विश्लेषकहरूले बताएका छन् । पछिल्लो समय अमेरिकासँगको बिग्रदो सम्बन्धलाई लिएर चीन चिन्तित छ ।
“चीन, जापान र दक्षिण कोरियाबीचको सहकार्यलाई तीन पक्षको साझा हितमा निरन्तरता दिनृ सहमति भएको छ,” चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा मङ्गलबार भने।
प्रवक्ता वाङका अनुसार तीनवटै देशले आ–आफ्ना विदेश मन्त्रीहको बैठक अर्को केही महिना आयोजना गरेर त्यसपछि उपयुक्त समयमा जति सक्दो चाँडो शीर्ष नेताहरूको बैठक गर्न बेइजिङ, सोल र टोकियो सहमत भएका छन् ।