बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । वैदेशिक रोजगारका लागि जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौं महानगरपालिका २९ घट्टेकुलो बस्ने ४५ वर्षीय राजकुमार गुरूङ र सुनसरी घर भई घट्टेकुलो बस्ने २८ वर्षीय उदय गुरूङ रहेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
एसपी रेग्मीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै पटक–पटक गरी पीडितबाट २ लाख ७० हजार रुपैयाँ ठगी गरेका थिए । साथै उनीहरूले जापान जानका लागि १५ लाख रूपैयाँ भए पुग्ने बताएका थिए।
जापानमा कुकको काम लगाइदिने र मासिक एक लाख रुपैयाँ बराबरको तलब हुने भनेर पीडितलाई प्रलोभनमा पारेर उनीहरूले ठगी गरेको प्रहरीले जनाएको छ ।
पीडितबाट रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्राचार गरेको थियो।
थप अनुसन्धानका लागि उनीहरूलाई वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।