बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । विश्वमा सबैभन्दा बढी वृद्धवृद्धा जापानमा रहेका एक अध्ययनले देखाएको छ । तथ्याङ्कअनुसार जापानका १० प्रतिशतभन्दा बढी मानिस ८० वर्ष वा सोभन्दा बढी उमेर समूहका छन् ।
सोमबारको ‘रेस्पेक्ट फर एज्ड डे’ राष्ट्रिय बिदाको पूर्वसन्ध्यामा आइतबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले हरेक दशमध्ये एक जना ८० वा सोभन्दा बढी उमेर समूहको रहेको देखाएको हो ।
जापानको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसंख्याको हिस्सा अघिल्लो वर्षको २९.० प्रतिशतबाट बढेर २९.१ प्रतिशत पुगेको जापान टाइम्सले लेखेकाे छ । आन्तरिक मामिला मन्त्रालयका अनुसार दोस्रो स्थानमा रहेको इटालीको २४.५ प्रतिशत र तेस्रो स्थानमा रहेको फिनल्यान्डको २३.६ प्रतिशतको तुलनामा यो स्तर मापन गरिएको हो ।
‘जापानमा विश्वमा सबैभन्दा बढी वृद्धवृद्धा रहेका छन्,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युवाहरूले अस्थिर रोजगारी र आर्थिक कठिनाइका कारण विवाह र बच्चा जन्माउन ढिलाइ गरिरहेका कारण दशकौंदेखि जापानको जनसंख्या घट्दै गएको छ र पहिलेको जनशक्ति वृद्ध हुँदै गएको छ ।
फलस्वरूप, जापानमा वृद्धवृद्धाको हेरचाहका लागि बढ्दो खर्च देखिएको छ र युवाहरूले रोजगारी भर्न र विभिन्न सामाजिक र कल्याणकारी कार्यक्रमहरूको लागि भुक्तानी गर्न पर्याप्त छैनन् ।
मन्त्रालयका अनुसार जापानमा सन् १९४६ देखि सन् १९६४ ताका जन्मिएको (ब्याबी बुमर) जनसंख्या १२ करोड ४४ लाख मानिस ७५ वर्ष वा सोभन्दा बढी उमेर समूहका छन् ।
करिब एक करोड २५ लाख ९० हजार मानिस ८० वर्ष वा सोभन्दा बढी उमेरका छन् भने दुई करोड मानिस ७५ वर्ष वा सोभन्दा बढी उमेरका छन् ।
फलस्वरूप, जापान वृद्ध श्रम शक्तिमा निर्भर मुलुक भएको छ ।
जापानमा ९० लाखभन्दा बढी वृद्धवृद्धाले काम गरिरहेका छन्, जुन श्रमशक्तिको १३.६ प्रतिशत वा सातमध्ये एक जना कामदार हुन् ।
जापानमा सबै वृद्धवृद्धामध्ये एक चौथाइले रोजगारी पाएका छन्, जुन दक्षिण कोरियाको ३६.२ प्रतिशतभन्दा कम हो, तर संयुक्त राज्य अमेरिकाको १८.६ र फ्रान्स ३.९ प्रतिशतका साथ अन्य विकासशील देशहरूभन्दा धेरै हो ।
जापानमा ७० देखि ७४ वर्ष उमेर समूहका एक तिहाइभन्दा बढी मानिसले रोजगारी पाएका छन् । सन् २०४० सम्ममा जापानको कुल जनसंख्याको ३४.८ प्रतिशत वृद्धवृद्धा रहने अनुमान गरिएको छ ।