२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ९ सय नाघेको छ ।

भूकम्पबाट सबैभन्दा धेरै क्षति दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेस र आसपासका क्षेत्रमा नै भएको छ ।

लाखौं घरबारविहीन भएका छन् । भूकम्पबाट बचेकाहरू फेला पार्ने सम्भावनाहरू घट्दै गएपछि उद्धार टोलीहरूले देशका पहाडी गाउँमा राहत सामग्री पुर्‍याउने प्रयासलाई तीव्र गतिमा अघिबढाएका छन् ।

यद्यपि खोज तथा टोलीहरू अझै पनि जीवित भेटिने आशमा भग्नावशेष खोजिरहेका छन् । राहत सामग्रीले भरिएका सवारी साधन पहाडी सडकहरूमा लस्कर लागेर गइरहेका छन् ।

मराकेसको दक्षिणका सबैभन्दा बढी प्रभावित क्षेत्रमा घरबारविहीन भएकाहरूका लागि त्रिपालमा आवासको व्यवस्था गरिएको छ ।

उद्यान तथा सार्वजनिक स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरेर आवासको व्यवस्था गरिएको छ ।

गत शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार नौ सय एक जनाको मृत्यु भएको तथा पाँच हजार पाँच सय ३० जना घाइते भएका छन् ।

गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार चार सय जनाको अवस्था गम्भीर छ ।