२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । लिबियामा आँधीकापछिको मुसलधारे वर्षा र बाढीको प्रकोपमा परेर १५० जनाको मृत्यु भएको छ ।

भूमध्यसागरमा आएको ड्यानियल आँधीका कारणपछि आएको मुसलधारे वर्षासँगैको बाढीको प्रकोपमा १५० जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।

लिबियाको बेन्गाजीस्थित प्रशासनका प्रवक्ता मोहम्मद मसुदले डेर्ना, जबल अलअख्दार क्षेत्र र अलमर्जको उपनगरमा आँधी ड्यानियलले पारेको मुसलधारे वर्षासँगै आएको बाढीमा परी कम्तीमा एक सय ५० जनाले ज्यान गुमाएका बताए ।

“यो मानवीय क्षति बाहेक सार्वजनिक एवं निजी सम्पत्तिको पनि व्यापक विनाश भएको छ,” उनले एएफपी संवाददातालाई सुनाए । प्रधानमन्त्री ओसामा हमाद उद्धार समितिका प्रमुख र अन्य मन्त्रीहरू बाढीबाट भएको क्षतिको मूल्याङ्कन गर्न डेर्ना पुगेका बताएका छन् ।

त्रिपोलीमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा गठन भएको अन्तरराष्ट्रिय मान्यता प्राप्त सङ्क्रमणकालीन प्रशासनको प्रतिद्वन्द्वी हमादको सरकारले सोमबार डेर्नालाई प्रकोपग्रस्त क्षेत्र घोषणा गरेको छ ।