१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानको ज्यालादरमा गिरावट आएको छ । ज्यालादरमा लगातार १६ औं महिनासम्म कमी आएको देखिएको हो ।

जापानको मुद्रास्फीति समायोजित वास्तविक ज्याला सूचकाङ्क जुलाईमा अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले घटेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जारी गरेको प्रारम्भिक तथ्याङ्कअनुसार नाममात्रको ज्याला, आधार र अतिरिक्त समयको तलबसहित प्रति कामदार औसत कुल नगद आय १.३ प्रतिशतले बढेर करिब दुई हजार ५८६ अमेरिकी डलर पुगेको छ ।

आधारभूत तलबसहित नियमित तलब १.६ प्रतिशतले बढेको छ भने अतिरिक्त समयको तलब र अन्य गैरनियमित तलब ०.५ प्रतिशतले बढेको छ भने बोनससहितको विशेष तलब ०.६ प्रतिशतले बढेको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा ३.९ प्रतिशतले वृद्धि भएको छ ।