२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । पूर्वी कङ्गोमा संयुक्त राष्ट्रसङ्घविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।

गत बुधबार कङ्गोका सैनिकले गोमा शहरमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि आक्रमण गरेका थिए ।

सुरुमा करिब १० जनाको मृत्यु भएको बताइएको थियो । जसमा एक जना प्रहरी अधिकारी पनि थिए । मृतक प्रहरीलाई सम्प्रदायका सदस्यहरूले नराम्रोसँग पिटेका थिए ।

तर सुरक्षा अधिकारीहरूले पुष्टि गरेको सेनाको आन्तरिक दस्तावेजमा प्रहरीबाहेक ४८ जनाको मृत्यु भएको र ७५ जना घाइते भएका एएफपीले जनाएको छ ।

उक्त आक्रमणका क्रममा धेरै धारिला हतियारहरू जफत गरेको र सम्प्रदायका नेता सहित १६८ जनालाई गिरफ्तार गरेको सैनिक अधिकारीहरूले बताएका छन् ।

कङ्गोको मानव अधिकार अधिकार समूह लुचाले पनि बिहीबार मारिएको प्रदर्शनकारीको सङ्ख्या ५० को हाराहारीमा रहेको जनाएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी भाग तीन दशकदेखि सशस्त्र लडाकूको हिंसाको चपेटामा परेको छ । जुन सन् १९९० र सन् २००० को दशकमा भड्किएको क्षेत्रीय युद्धको विरासत हो ।