१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । जापान सरकारले सुस्मा कोइराला मेमोरियल अस्पताल साँखुलाई भेन्टिलेटर सहयोग गरेको छ ।

आगोले पोलेका बिरामीलाई सन् १९९७ देखि प्लास्टिक सर्जरीमार्फत उपचार गर्दै आइरहेको उक्त अस्पताललाई भेन्टिलेटर र स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

जापान सरकारले अस्पताललाई प्रदान गरेको भेन्टिलेटरसहितको आइसियु कक्षको सोमबार सुष्मा कोइराला मेमोरियल ट्रष्टका संस्थापक संरक्षक एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र नेपालका लागि जापानी राजदूत किकुता युतुकाले आज संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री कोइरालाले आफ्नो आमाको जलनको कारण उपचारको अभावमा मृत्यु भएको चर्चा गर्दै कोही नेपाली पनि जलनका कारण मृत्यु हुन नपरोस् भन्ने चाहनाका साथ अस्पताल स्थापना गरिएको बताएकी थिइन् ।

उक्त अस्पतालले हालसम्म २४ हजार बिरामीको शल्यक्रिया गर्नाका साथै चार लाख ५० हजार बिरामी जाँच गरिसकेको छ । जापान सरकारबाट उपलब्ध गराइएको उपकरणले जलनका बिरामीको उपचारमा थप टेवा मिल्ने अस्पतालका मेडिकल डाइरेक्टर डा. विक्रम भण्डारीले बताए ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत युतुकाले राजदूतावासको सानो सहयोगले जलनका बिरामीको जीवन रक्षा गर्न ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।