बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । अमेरिकाकी एक न्यायाधीशलाई हत्याको धम्की दिएको आरोपमा टेक्सासकी एक महिला पक्राउ परेकी छिन् । उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुनुवाइ गर्ने समितिको अध्यक्षता गरिरहेकी न्यायाधीशलाई हत्याको धम्की दिएकी थिइन् ।
यही अगस्ट ५ मा अबिगेल जो श्रीले सङ्घीय न्यायाधीश तान्या चुटकनको वासिङ्टन कार्यालयमा उनलाई हत्या गर्ने फोन सन्देश छोडेको अभियोगमा गृहमन्त्रालय अन्तर्गतका सुरक्षा निकायले उनलाई बिहीबार पक्राउ गरेका हुन् । ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको एजेन्ट’ले दायर गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
टेक्सासको एल्विनकी ४३ वर्षीया जो श्रीले अश्वेत न्यायाधीश चुटकनलाई ‘मूर्ख काली ! तिमी दास हौ तिमी हाम्रो निगरानी छौ, हामी तिम्रो हत्या गर्न चाहन्छौँ,’ जातीय एवं रङ्गभेदयुक्त सन्देशमा भनेकी छिन् ।
दक्षिणी टेक्सासकोसङ्घीय जिल्ला अदालतमा श्रीलेविरुद्ध दायर गरिएको मुद्दामा ‘यदि ट्रम्प २०२४ मा निर्वाचित भएनन् भने हामी तिमीलाई मार्नेछौँ, त्यसैले सावधान रहनू’, चुटकनको परिवार पनि आक्रमाण्को निशाना रहेको सन्देशमा उल्लेख गरिएको जनाइएको छ ।
श्रीले टेक्सासकी अश्वेत सांसद शीला ज्याक्सन लीको नाम दिएर ट्रम्पलाई सताउने जो कोहीलाई मार्ने धम्की पनि दिएकी छन् । आजै उनलाई पक्राउ गरी अदालतमा पेश गर्न आदेश दिइएको छ ।
सतहत्तर वर्षीय ट्रम्प २०२४ को चुनावमा रिपब्लिकन पार्टीको अग्रपङ्क्तिमा छन् । यद्यपि उनको ह्वाइट हाउसतर्फ दोस्रो यात्रा त्यति सहज छैन किनभने उनले चारवटा आपराधिक मुद्दाको सामना गर्नु परेको छ ।
जमैकामा जन्मेकी न्यायाधीश चुटकनलाई पूर्वडेमोक्रेटिक राष्ट्रपति बराक ओबामाले नियुक्त गरेका हुन् । उनको नियुक्तिलाई सिनेटले सर्वसम्मतिले अनुमोदन गरेको थियो ।