१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले उत्तर कोरियाबाट उत्पन्न सुरक्षा चुनौती सामना गर्न जापान, अमेरिका र कोरियाबीच सुदृढ सुरक्षा सहयोग हुनुपर्नेमा जोड दिएका छन् ।

क्याम्प डेभिडमा हुने आगामी शिखर वार्ताका सन्दर्भमा दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर कोरियाको आणविक जोखिमलाई सम्बोधन गर्न अमेरिका र जापानसँग गहन सुरक्षा सहयोगको अपरिहार्य भएको बताउँदै अमेरिकी र जापानी नेतासँगको शिखर सम्मेलन त्रिपक्षीय सहयोग प्रवद्र्धनमा नयाँ कोसेढुङ्गा स्थापित हुने विश्वास व्यक्त गरेका हुन् ।

उत्तर कोरियाको बढ्दो आणविक हतियार परीक्षण र चीनले लागु गरेको आक्रामक विदेश नीतिको सामना गर्न तीनवटै देशले पारस्परिक सम्बन्धलाई सुदृढ बढाउन क्याम्प डेभिडमा त्रिपक्षीय शिखर सम्मेलन गर्न लागेका हुन् ।

बाइडेन प्रशासनका दुई जना वरिष्ठ अधिकारीका अनुसार आगामी शुक्रबार अमेरिकी राष्ट्रपतिको मेरिल्याण्डस्थित विश्रामगृहमा हुने शिखर सम्मेलनमा राष्ट्रपति जो बाइडेन, दक्षिण कोरियाली राष्ट्रपति युन र जापानी प्रधानमन्त्री फुमियो किशिदाले ब्यालिस्टिक मिसाइल प्रतिरक्षा र प्रविधि विकासमा विस्तारित सैन्य सहयोगको योजना घोषणा गर्ने अपेक्षा गरिएको छ ।

“क्याम्प डेभिडमा तीन दिनपछि हुने गणतन्त्र कोरिया–अमेरिका–जापान शिखर सम्मेलनले कोरियाली प्रायद्वीप र हिन्द प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिमा योगदान पुर्‍याउने त्रिपक्षीय सहयोगमा नयाँ कोसेढुङ्गा कायम हुनेछ” स्वतन्त्रता दिवसका अवसरमा मङ्गलबार प्रसारित एक टेलिभिजन कार्यक्रममा राष्ट्रपति युनले भनेका छन् ।

सन् १९४५ मा जापानको ३५ वर्षे औपनिवेशिक शासनबाट मुक्त भएको आफ्नो मुलुकलाई लिएर विगतमा दक्षिण कोरियाका राष्ट्रपतिले जापानको आलोचना गर्ने गरेकामा आज राष्ट्रपति युनले आपसी सहयोग बढाउने विषयलाई मुख्य मुद्दा बनाएका हुन् ।

उजले जापानलाई आफ्नो औपनिवेशिक गल्तीको लागि माफी माग्न आग्रह गरेनन् बरु सोल–वासिङ्टन र टोकियोबीचको सहयोगलाई बढावा दिने र सम्बन्ध सुधारका विषयलाई प्राथमिकता दिए ।