बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । कम्बोडियाको एक विद्यालयमा दुई हजारभन्दा बढी हतियार बरामद भएको छ ।
उत्तरपूर्वी क्षेत्रमा रहेको एक विद्यालयभित्र गृहयुद्धका समय राखिएका दुई हजारभन्दा बढी हतियार फेला परेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
सन् १९६० को दशकमा सुरु भएको क्रुर द्वन्द्व र अमेरिकी बमबारी अभियानको दशकौंपछि पनि यो देश विश्वमै सबैभन्दा बढी विस्फोटक पदार्थ उत्खनन् गरिएको देशमध्ये एक हो ।
कम्बोडियाली माइन एक्सन सेन्टरका महानिर्देशक हेङ रतनाले तीन दिनको अवधिमा क्रेटी प्रान्तको एक उच्च माध्यमिक विद्यालयको प्राङ्गणभित्र एक हजारभन्दा बढी एम–७९ ग्रेनेडसहित दुई हजारभन्दा बढी विस्फोटक पदार्थ फेला परेको जानकारी दिए ।
उनले एएफपीलाई बताएअनुसार विद्यालयले बगैँचा विस्तारका लागि जग्गा खाली गरेपछि विस्फोटक पदार्थको अवशेष फेला परेको हो । “विस्फोटक पदार्थ फेला परेपछि विद्यालय अस्थायी रूपमा बन्द गरिएको छ,” हेङ रतनाले भने ।
सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्विरमा जमिनमुनिबाट निकालिएका विष्फोटक पदार्थका केही भागहरू पङ्क्तिमा थुपारिएका देखिन्छन् ।
उनले भने, “यो विद्यार्थीहरूको भाग्यमाथिको ठूलो आक्रमण हो । यदि कसैले जमिनमा खाडल पारी राखेर यसमा हिर्कायो भने यी विष्फोटक उपकरणहरू सहजै विस्फोट हुन्छन् ।”
उनले भने, “युद्धको समयमा यो स्थल एक सैन्य स्टेशन थियो, र मैदानबाट थप विस्फोटक पदार्थ उत्खनन् हुने सम्भावना छ ।
कम्बोडियाको गृहयुद्ध सन् १९७५ सम्म चलेको थियो जसमा संयुक्त राज्य अमेरिका र तत्कालीन उत्तर र दक्षिण भियतनामले दुई पक्षलाई समर्थन गरेका थिए ।
विगत चार दशकमा अमेरिकी बम अभियान र बाँकी रहेका ‘माइनफिल्ड’ हरूको दुःखदप्रभाव लामो समयदेखि महसुस गरिएको छ ।