१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । फ्रान्सको सबैभन्दा प्रसिद्धस्थल आइफेल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनी पछि पेरिसमा रहेको उक्त स्थान केही समयका लागि खाली गर्नुपरेको छ ।

प्रहरी स्रोतले शनिबार फ्रान्सेली दैनिक समाचार पत्र ‘ले पेरिसियन’लाई दिएको जानकारीअनुसार आइफिल टावरमा यो हप्ता धेरै आगन्तुकहरूको अपेक्षा गरिएको छ र उनीहरूको सुरक्षाको लागि टावर खाली गर्नु ‘सावधानी’ को उत्तम उपाय थियो ।

टावरको सबै स्थानमा परीक्षण गरेपछि करिब १०ः०० बजे बन्द भएको टावरलाई करिब दुई घण्टा पछि खतराको चेतावनी अन्त्य गर्दै सबैका लागि पुनः आवागमन खोलिएको एएफपीले जनाएको छ ।

सेवा पुनः सञ्चालनमा आएपछि उक्त स्थानमा व्यापक प्रहरी बललाई तैनाथ गरी सबैलाई निर्भीक तरिकाले अवलोकन गर्ने वातावरण बनाइएको थियो ।

यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि प्रहरीलाई बेनामी फोन गरेर टावरमा खतरा रहेको चेतावनी दिएपछि खाली गराइएको ‘ले पेरिसियन’ले जनाएको छ ।