१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । उत्तरी नाइजेरियाको कादुना राज्यमा एक प्राचीन मस्जिद अचानक भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

प्रहरी प्रवक्ता मोहम्मद जलिगेले शनिबार दिएको जानकारीअनुसार जारिया शहरमा शुक्रबार साँझको प्रार्थनाका क्रममा मस्जिद आंशिक रुपमा भत्किएको सिन्ह्वाले जनाएको छ ।

प्रवक्ता जलिगेले भने, “मस्जिदको भग्नावशेषबाट १० जनाको शव निकालिएको छ भने २५ जना घाइतेको उद्धार गरिएको छ । घाइतेमध्ये सात जना गम्भीर घाइते भएका छन् ।” उनले भने, “उद्धार कार्य समाप्त भएको छ र घटनाको पूर्ण अनुसन्धान सुरु भएको छ ।”

जारियाका अमिर अहमद बामालीले स्थानीय सञ्चारमाध्यमसँग भने, “हामीले एक दिन अघि मस्जिदको भित्तामा चर्केको देखेका थियौं र यो दुर्भाग्यपूर्ण घटना हुँदा मर्मतका लागि सिभिल इञ्जिनियरको टोली खटाउने योजना बनाइरहेका थियौं ।”

सन् १८३० को दशकमा निर्माण गरिएको उक्त मस्जिदले दशकौँदेखि विश्वका सबै भागका मुस्लिम धर्मावलम्बीका लागि ढोका खोलेको कादुना राज्यका गभर्नर उबा सानीले बताएका छन् ।