१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडाैं । आर्थिक वर्ष २०७९/८० मा भक्तपुर नगरपालिकामा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटक भित्रिएका छन् । जापानसहितका पर्यटकहरूले भ्रमणका क्रममा नगर क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन् ।

कोरोना महामारीपछि यस वर्ष भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

कोरोना महामारीका समयमा सामान्यरुपमा मात्र आउने पर्यटक यस वर्ष निकै बढेकाले अचेल भक्तपुर नगरमा दैनिक पर्यटकको चहलपहल बढ्दै गएको बताए ।

उनका अनुसार यो एक वर्षमा भक्तपुर घुम्न आएको पर्यटकमध्ये ८६ हजार तीन सय ३४ जना दक्षिण एसियाली मुलुकका र ८१ हजार तीन सय १८ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्र र चीनका पर्यटक रहेका छन् ।

यसै पर्यटन शुल्कबाट रु १८ करोड ४० लाखभन्दा बढी सङ्कलन भएको उनले जानकारी दिए । जसमध्ये गैरसार्क राष्ट्रका पर्यटकबाट रु १४ करोड ३४ लाख र र सार्क राष्ट्र र चीनका पर्यटकबाट रु चार करोड छ लाख पर्यटन शुल्क सङ्कलन भएको छ ।

भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आव २०७९/८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, जापान, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इग्ङ्ल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हल्याण्ड, हङ्गेरीलगायतका पर्यटकले भक्तपुरको भ्रमण गरेका छन् ।

यस्तै आइसल्याण्ड, भारत, आयरल्याण्ड, इजरायल, इटाली, मलेसिया, मेक्सिको, न्यूजील्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिङ्गापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्कीका पर्यटकले पनि भक्तपुरको भ्रमण गरेका कन्द्रले जनाएको छ ।