बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । इन्डोनेसियाको अति–रुढिवादी आचे प्रान्तका अधिकारीहरूले विपरीत लिङ्गीलाई एउटै सवारी साधनमा बस्न नपाइने आदेश जारी गरेका छन् ।
पारिवारिक सम्बन्ध नभएका पुरुष र महिला तथा विशेष गरी विवाह नगरेका विपरीत लिङ्गीलाई सवारी साधन र सार्वजनिक स्थानमा अलग्गै बस्न आदेश दिएका हुन् ।
स्थानीय सरकारले उक्त आदेश कडाइका साथ कार्यान्वयन गरिने बताउँदै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ ।
एकान्त, सार्वजनिक र सवारी साधानमा विवाह नगरेका नारी–पुरुष बस्न नपाइने परिपत्र गत साता जारी गरिएको हो ।
दैनिक जीवनमा इस्लामिक मूल्य मान्यता पालन गराउने प्रयासस्वरुप उक्त आदेश जारी गरिएको आचे सरकारका प्रवक्ता मुहम्मद एमटीएले बताएका छन् । इस्लामिक धर्मगुरुहरूसँगको परामर्शपछि उक्त आदेश जारी गरिएको उनले स्पष्ट गरेका छन् ।
सुमात्रा टापुको उत्तरी छेउमा अवस्थित आचे इस्लामिक कानून लागू गर्ने विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुस्लिम बहुल देशको एक मात्र प्रान्त हो । व्यापक आलोचनाको बाबजुद उक्त आदेश कार्यान्वयनको प्रयास भएको छ ।
जकार्ताले दिएको व्यापक स्वायत्तताअन्तर्गत शरिया कानुन भएको आचेमा जुवा खेल्ने, मदिरा सेवन गर्ने र विवाह बाहिर पनि सम्बन्ध राख्नेलगायतका अपराधमा सार्वजनिकरूपमा कोर्रा हानिन्छ ।