बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय सुनाइएलगत्तै उनलाई शनिबार लाहोरस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत वर्ष अविश्वासको प्रस्तावमा सत्ताच्युत भएयता पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टारसमेत रहेका खानले आफूविरूद्धको सजाय राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताएका थिए । शनिबार सजाय सुनाइँदा उनी अदालतमा उपस्थित भएका थिएनन् ।
न्यायाधीश हुमायूँ दिलावरले पूर्वप्रधानमन्त्री खान भ्रष्टाचारमा संलग्नता रहेको ठहर भएको आदेश सुनाएका हुन् । फैसला लगत्तै प्रहरीले लाहोरस्थित खानको घरमा पसेर उनलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका विशेष सहायक अताउल्लाह तरारले खानको पक्राउबारे पुष्टि गर्दै भने, “मैले भर्खरै खानलाई पक्राउ गरिएको जानकारी पाएको छु ।”
गत मे महिनामा खानलाई इस्लामाबादमा भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो र केही समयका लागि हिरासतमा राखिएको थियो । पूर्व प्रधानमन्त्री खानको पक्राउलाई लिएर उनको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका समर्थकहरू सडकमा ओर्लिएका थिए र प्रहरीसँग झडप गरेका थिए ।
दलको आन्दोलनको दबाबपछि तीन दिन हिरासतमा बसेपछि रिहा भएका पीटीआई अध्यक्षलाई हजारौं पक्राउ, धम्की र प्रेसको दमनको रिपोर्टसहित कारबाहीको निशाना बनाइएको छ ।
शनिबार उनलाई पक्राउ गरिएको मुद्दा उनका सहयोगीमार्फत् उनी प्रधानमन्त्री रहेको समयमा भएको लेनदेनमा केन्द्रित छ ।
खानको कानुनी टोलीले तत्काल अपिल दायर गर्ने बताएको छ । टोलीका एक सदस्यले भने, “मुद्दामा साक्षीलाई उपस्थित गराउने कुनै मौका दिइएको थिएन, न त बहसका लागि समय दिइएको थियो । हामी फैसलाविरूद्ध पुनरावेदन गर्नेछौँ ।” खानले लामो समयदेखि यस वर्षको अन्त्यअघि हुने निर्वाचनमा भाग लिन नदिन आफूलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको बताउँदै आएका थिए ।
पाकिस्तानमा आगामी दुई हप्तामा संसद विघटन हुने सम्भावना छ र नोभेम्बरको मध्य वा त्योभन्दा अघि नै राष्ट्रिय निर्वाचन हुनेछ ।
खान सन् २०१८ मा लोकप्रिय समर्थनको लहर, भ्रष्टाचार विरोधी घोषणापत्र र शक्तिशाली सैन्य प्रतिष्ठानको समर्थनमा सत्तामा पुगेका थिए ।