बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडाैं । आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्याले बढेको पाइएकाे छ ।
यो आर्थिक वर्षमा चार लाख ९४ हजार २२४ नयाँसहित श्रम स्वीकृति लिनेको संख्या सात लाख ७१ हजार ३२७ रहेको छ ।
मलेसियाका लागि सबैभन्दा धेरै दुई लाख ५९ हजार ५९४ जनाले श्रम स्वीकृति लिएका छन्। यो कुल संख्याको ३३.६५ प्रतिशत हो। २०७८/७९ मा मलेसियाका लागि ३६ हजार ६४४ जनाले मात्रै श्रम स्वीकृति लिएका थिए।
२०७९/८० दक्षिण कोरिया, रोमानिया, जापान, बहराइन, कुवेत, क्रोएसियालगायत मुलुकमा पनि ठूलो संख्यामा नेपाली श्रमिकहरू पुगेका छन्। यो वर्ष कुवेतका लागि ४३ हजार ५०७, दक्षिण कोरियाका लागि २२ हजार ३३, रोमानियाका लागि १४ हजार २२३ जनाले श्रम स्वीकृति लिएका छन्।
यस्तै जापानका लागि ९ हजार ६४४, बहराइनका लागि सात हजार ६९०, क्रोएसियाका लागि सात हजार ४४१, माल्टाका लागि ६ हजार ३०३, साइप्रसका लागि पाँच हजार ३१७, ओमानका लागि पाँच हजार २९४, पोल्याण्डका लागि पाँच हजार ११२ र माल्दिभ्सका लागि चार हजार ८६५ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।