बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा अध्ययनका लागि डेंगु सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन भइरहेको छ । प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेंगु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो ।
लार्भाबाट वयस्क लामखुट्टे उत्पादन भएपछि त्यसमा डेंगु भाइरसको सङ्क्रमणको अवस्थाबारे अध्ययन गरिने छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशानालायका ‘भेक्टर कन्ट्रोल’ अधिकृत हेमराज जोशीका अनुसार विगतका वर्ष नेपालका ७७ वटै जिल्लामा डेंगु रोगको सङ्क्रमण फैलिएको थियो । यसैबेलादेखि डेंगु रोग सार्ने एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टे सङ्क्रमित भएका थिए ।
ती सङ्क्रमित लामखुट्टेका लार्भा अहिले पानी परेपछि वयस्क हुने क्रममा रहेका छन् । “वयस्क हुन खोजेका लामखुट्टेको लार्भामा सङ्क्रमण छ कि छैन भन्नेबारे अध्ययन गर्न सङ्कलनको कार्य गरेका छौँ”, उनले भने, “यस प्रकारको अध्ययन नेपालमा सम्भव नभएकाले जापानको भाइरोलोजीसम्बन्धी प्रयोगशालासँग समन्वय गरी अध्ययन गरिने भएको छ ।”
निर्देशानालायका भेक्टर कन्ट्रोल अधिकृत जोशीका अनुसार डेंगु रोग भाइरसको कारणले लाग्ने गर्दछ । विभिन्न चार प्रकारको भाइरसले मानिसलाई डेंगु रोगबाट सङ्क्रमित गराउन सक्छ । यो भाइरस एक मानिसबाट अर्को मानिसमा सार्ने काम सङ्क्रमित एडिज लामखुट्टेले गर्दछ । एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टेले रोग सार्ने कुरा प्रमाणित भएको उनले बताए ।
यही सङ्क्रमण पत्ता लगाउन लामखुट्टेको लार्भा सङ्कलन गरेर वयस्क लामखुट्टेमा सङ्क्रमण छ कि छैन भनी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत स्थापना गरिएको इन्टोमोलोजी प्रयोगशालाले अध्ययनको काम सुरु गरेको उनको भनाइ छ ।
एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टेको अण्डाहरू नौ महिनाभन्दा लामो समयसम्म सुक्खा भाँडोमा पनि बाँच्न सक्ने अध्ययनले देखाएको छ । घर र कार्यालय वरिपरि पानी जम्ने भाँडामा एडिज एजिप्टाइले फुल पार्ने गर्दछ । यही फुलबाट वयस्क लामखुट्टे बाँच्न उचित तापक्रममा नौदेखि १० दिन लाग्छ ।
वयस्क लामखुट्टे नै मानिसलगायत अन्य प्राणीको रगत खाने गर्दछ । रगत चुस्ने क्रममा नै मानिसलाई रोगको सङ्क्रमण आउने गर्दछ । सुदूरपश्चिम प्रदेशसँगै देशका अधिकांश प्रदेशमा डेंगु रोगको सङ्क्रमण प्रत्येक वर्ष देखिने गरेको छ । रोग फैलिन नदिनका लागि सफा पानीमा हुर्कने डेंगु रोग सार्ने लामखुट्टेका लार्भा नष्ट गर्नुपर्ने हुन्छ । असारदेखि असोज महिनासम्म डेंगु रोगको सङ्क्रमण बढ्न सक्ने उच्च जोखिम रहने गर्दछ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार प्रदेशका नौ वटै जिल्लामा पछिल्लो समय डेंगु रोगबाट तीन सय १८ जना सङ्क्रमित भएका छन् । सबैभन्दा बढी दार्चुलामा एक सय ९०, कञ्चनपुरमा ५२, अछाममा ३१ र कैलालीमा २३ जनामा डेंगुको सङ्क्रमण भएको पाइएको निर्देशनालयले जनाएको छ ।