१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु भएको छ । साथै छ जना बेपत्ता भएको उद्धारकर्ताले बताएका छन् ।

उत्तरी फिलिपिन्सबाट डोक्सुरी आँधी आएको केही घण्टापछि मनिला नजिकैको लगुना तालमा दुर्घटना भएको हो ।

सामुद्रिक सुरक्षा गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठ डुङ्गालाई तीव्र हावाको बहावले ढलपल ढलपल पारेपछि सबै यात्रुहरू आत्तिएका थिए र उनीहरू बन्दरगाह (बायाँ) तिर गएका थिए ।”

“उक्त हुरी तत्काल साम्य भएको थियो र डुङ्गालाई आफ्नो गन्तव्यमा जान कुनै अवरोध थिएन,” तटरक्षक बलका प्रवक्ता रियर एडमिरल अर्मान्डो बालिलोले भने ।

यात्रुवाहक डुङ्गा बिनान्गोनान नगरपालिकाबाट तालको बीचमा रहेको तालिम टापुसम्म नियमित रूपमा दौडिरहेको नगरपालिकाका उद्धार अधिकारी केनेथ सिराडोसले एएफपीलाई बताए ।

उद्धारकर्ताले पानीबाट २३ जनाको शव निकालेको र ४० जनालाई जीवित उद्धार गरेको उजले बताए ।

कालिनावान बन्दरगाहमा उभिएका बिनान्गोनानका बासिन्दा फ्रेडरिक सिसनले भने, “डुङ्गा हाम्रो अगाडि डुबेको थियो ।” दुर्घटना भएको केही घण्टापछि पनि हराइरहेका छ जनाको खोजीका लागि उद्धारकर्मीले तालमा खोजी गरिरहेको सिराडोसले बताए।

कोस्ट गार्डले सार्वजनिक गरेको उद्धारको भिडियो फुटेजमा एक व्यक्ति डुङ्गाको छेउमा रहेको डुङ्गाको हुलमा उभिएर ‘यहाँ धेरै मानिसहरू छन्’ भन्दै चिच्याइरहेको देखिन्छ ।

अर्को क्लिपमा दुई जना उद्धारकर्मीहरू डुङ्गाको छेउबाट झुकेर शान्त पानीबाट अचेत जस्तो देखिने एक व्यक्तिलाई उद्धार गरेको देख्न सकिनछ ।

सिसनले खिचेको र एएफपीसँग शेयर गरिएको फुटेजमा चिन्तित मानिसहरू किनारामा उभिएर डुङ्गाहरूले उद्धार कार्यमा भाग लिइरहेको देखिएको छ ।

भिडियोमा एक युवा डुङ्गा चालकले आफूले एक अशक्त व्यक्ति र एक बालिकासहित चार जनालाई बचाएको दावी गरेका सुनिन्छ ।

आँधीका कारण दक्षिणपश्चिम मनसुन तीव्र हुँदै गएपछि आँधीबेहरीको चेतावनीका कारण लुजोन र मध्य टापुहरूमा यस हप्ताको सुरुमा काठका डुङ्गाहरू र टापुहरूबीच यातायात प्रदान गर्ने यात्रीहरूलाई तटमा जान आदेश दिइएको थियो ।