१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । एक जना नर्वेली महिला र उनको नेपाली पथप्रदर्शकले आठ हजार मिटरभन्दा माथिका विश्वका सबै हिमशिखर सबैभन्दा छोटो समयमा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।

क्रिस्टिन हरिला र लामा भनेर चिनिने तेन्जिन शेर्पाले तीन महिना एक दिनमा विश्वका सबै आठ हजार मिटरभन्दा माथिका शिखर चढेका आरोहण टोलीले आज एक विज्ञप्ति निकालेर बताएको छ ।

क्रिस्टिन र तेन्जिनले पाकिस्तानको के टुको सफल आरोहण गरेसँगै सन् २०१९ मा निर्मल पुर्जाले छ महिना छ दिनको कीर्तिमान भङ्ग भएको छ । हाल निर्मल पुर्जा अक्सिजनविना सबै १४ वटा चुचुरोमा सबैभन्दा छिटो समयमा आरोहण गर्ने प्रयासमा छन् ।

Shishapangma is the 14th highest mountain in the world.This photo is taken at Ngali, Tibet.

“क्रिस्टिन र तेन्जिनबीचको सहकार्य, दृढ सङ्कल्प, समूहगत कार्य र साहसलाई प्रतिबिम्बित गरेको छ जसले सिमाना र संस्कृतिलाई पार गर्दै पर्वतारोहणप्रतिको एकता दर्शाएको छ,” आरोहण टोलीको विज्ञप्तिमा भनिएको छ ।

कीर्तिमान कायम गर्ने आफ्नो दौडमा रहेकी हरिलाले चीनबाट पूर्णरूपमा तिब्बतको शिशापाङ्मा आरोहण गर्न भिसा प्राप्त गर्न ढिलाइ भएपछि के दुईसहित १२ वटा हिमाल दुई पटक आरोहण गर्नुपरेको थियो । उनले चोयु हिमाल पनि चिनियाँ भूमिबाट आरोहण गरिकी हुन् ।

हालसम्म विश्वका १४ वटै चुचुराको आरोहण ४० जनाभन्दा बढी आरोहील गरेका भए पनि तिनमा महिलाको सङ्ख्या नगन्य छ । समुद्र सतहबाट छ सय ३३ मिटरको उचाइमा रहेको उत्तरी नर्वेकी ३७ वर्षीया हरिलाले रकम अभावमा आफ्ना आवास नै बेचेर चुली चुम्ने सपना साकार पारेकी हुन् ।

प्राविधिकरूपमा सगरमाथाभन्दा आरोहण गर्न कठिन के टु मा प्रायःसधैं प्रतिकूल मौसम रहने हुनाले सन् १९५४ देखि आजसम्म चारसय २५ जनाले मात्र यो हिमालको सफलतापूर्वक आरोहण गरेका छन् । के टुको चुचुरोलाई २० जना महिलाले चुमेका छन् ।